काठमाडौं– जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्वाचित भएका छन्। उनी सर्वसम्मत अध्यक्ष भएका हुन्। तर उनले महाधिवेशनबाट दुई हजार तीन सय दुई मत प्राप्त गरेका थिए।
महाधिवेशन शनिबार सुरू भएको थियो। अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन्।
महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन्। उनले एक हजार पाँच सय ७३ मत ल्याएका छन्।
केन्द्रीय कार्यसमिति अहिलेका लागि २५ सदस्यीय हो।
२३ जना सदस्यका लागि निर्वाचन भएको थियो। जसमा ८ जना महिलाले अटाएका छन्। केन्द्रीय कार्यकारिणी समितिका लागि चार हजार पाँच सय प्रतिनिधिले मतदान गरेका थिए।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
