Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालुवाटारमा जसपा नेताहरु


  • मंगलबार, चैत्र १० २०७७

  • बालुवाटारमा जसपा नेताहरु

    काठमाडौं ।– जनता समाजवादी पार्टीका नेताहरु बालुवाटार पुगेका छन् । अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोका साथै शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सरकारसँग वार्ता गर्न भन्दै बालुवाटार पुगेका हुन् ।
    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिने प्रयास गर्दै आएका छन् । त्यसका लागि दुबै पक्षबीच निरन्तर सम्वाद भएपनि अहिलेसम्म पनि सहमति हुन सकेको छैन ।
    रेशम चौधरीको रिहाइ, मधेस तथा थरूहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका माग अघि सारेको सो पार्टीले प्रधानमन्त्री ओलीसँग बारम्बार छलफल गर्दै आएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij