काठमाडौं– सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत रूपमा एमाले र माओवादी केन्द्र ब्युँताउने आदेश दिएको छ। यसले थप जटिलता देखा परेको छ ।सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादमा आइतबार फैसला गरेसँगै राजनीति थप भद्रगोल बनेको छ । ‘नेकपा’ नामलाई लिएर देखिएको विवादमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।
किन की निर्वाचन आयोगमा माओवादी केन्द्र र एमाले नामका दुई पार्टी अर्कैका नाममा दर्ता भइसकेका छन्। एमाले र माओवादी केन्द्र खारेज गरेको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले नेकपा गठन भएको घोषणा गरेका थिए।
निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र खाली भएपछि मोरङकी पूर्वएमाले कार्यकर्ता सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गराएकी थिइन्। त्यसैगरी, पूर्वमाओवादी नेता गोपाल किराँतीले आफ्नो नाममा नेकपा (माओवादी केन्द्र) दर्ता गरेका थिए। अहिले पनि निर्वाचन आयोगमा यी दुवै पार्टी तिवारी र किराँतीको नाममा दर्ता छन्। निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५ औं स्थानमा माओवादी केन्द्र र १३२ औं स्थानमा एमाले दर्ता छन्।
तत्कालीन अवस्थामा एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लडेका थिए भने सो अवस्थामा समानुपातिक सहित एमालेले १२१ सिट र माओवादीले ५३ सिट जितेको थियो । तर अहिले तत्कालीन एमालेका माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु र प्रचण्ड एकैठाउँमा रहेका छन् । यस्तै तत्कालीन माओवादीका केही संसदपनि ओलीतिर लागेका छन् ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
