काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ ।
यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो ।
आज लामो सपना पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी गरे । उनले भनेका छन्, ‘काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झर्यो । केही दिनमा वितरण हुने भयो ।’ उनले काठमाडौंलाई पानी दिएकोमा मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासीलाई धन्यवाद दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
