Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दोभान बजारका आगलागी पीडितलाई तत्काल राहत र पुनर्निर्माण गर्छौं –प्रधानमन्त्री


  • मंगलबार, फाल्गुन १८ २०७७

  • दोभान बजारका आगलागी पीडितलाई तत्काल राहत र पुनर्निर्माण गर्छौं –प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङ जिल्लाको दोभान बजारमा आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने पनि बताए ।
    मंगलबार बिहान मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्छ र जनताको समस्या तत्काल समाधान गर्छ ।’ उनले प्रदेश १ का मुख्यमन्त्रीले यो कुराको समन्वय गर्ने र सरकारले भरपर्दो समन्वय गर्ने वचन दिए ।
    आगो नियन्त्रणमा आइसकेको र सुरक्षाकर्मीले उद्धारको काम गरेको प्रधानमन्त्रीले बताए । ‘मलाई अत्यन्त दुःख लागेको छ, हाम्रा बस्तीहरु जल्नु ज्यादै दुःखको कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा सुरक्षाकर्मीहरु त्यहाँ पुगिसकेका छन् । उद्धार गर्ने कामहरु गरिसकेका छन् ।’
    दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेको प्रहरीको भनाइ छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij