काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अवहेलना गर्ने तथा अदालतलाई प्रभावित गर्ने आफ्नो कुनै मनसाय नभएको भनी सर्वोच्च अदालतसमक्ष जवाफ पेस गरेका छन्। अवहेलना मुद्दामा जवाफ दिन सर्वोच्च अदालत पुगेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध रिट दायर भएको थियो । सो रिटमा गत बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न प्रचण्डलाई आदेश दिएको थियो । सोही आदेशअनुसार प्रचण्ड लिखित जवाफसहित सर्वोच्चमा उपस्थिति भएका हुन् । अधिवक्ता समिर हायुले प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।
उनले आफूले अदालतलाई धम्की दिएको भन्ने झुटो भएको भन्दै आफूविरुद्धको रिट खारेज गर्न माग गरेका छन् । अदालतको अवहेलना मुद्दामा आइतबार १० बुँदे लिखित जवाफ पेश गर्दै प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको पनि उल्लेख गरेका छ । उनले अदालतमा परेका मुद्दामा संविधानका धारा र प्रावधान हेरेर व्याख्या तथा फैसला गर्ने भएको हुँदा नेताहरुले गर्ने भाषण, जुलुस तथा प्रदर्शनबाट अदालत प्रभावित नहुने आफ्नो विश्वास रहेको समेत बताएका छन्।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
