धनुषा– धनुषाबाट अपहरणमा परेका एकजना बालकको ७ घण्टाभित्रै सकुशल उद्धार गरिएको छ । धनुषामा आफन्तबाटै अपहरणमा परेका बालकको सकुशल उद्धार गरिएको छ।
धनुषाको नगराइन नगरपालिका– ६ लगमाको पछियारी टोलका रमेश दासका ७ वर्षीय छोरा चन्दन दासको अपहरण भएको ७ घन्टामा उद्धार गरिएको र उनका मामासहित दुई जनालाई पक्राउ गरिएको धनुषाका प्रहरीले जनाएको छ ।
शनिवार १ बजे खेल्न निस्केका चन्दन साढे चार बजेसम्म सम्पर्कमा नआएपछि उनको खोजी सुरू गरिएको थियो। त्यसको केही समयमै चन्दनकी आमाको मोबाइलमा अपिरिचित नम्बरबाट उनका छोराको अपहरण गरिएको भनी फोन आएको थियो।
फोन गर्ने व्यक्तिले छोरा सकुशल चाहिने भए आफूले मागेजति रकम दिनु पर्ने सर्त राखेका थिए। अपहरणकारीले फिरौतीमा एक करोड रुपैयाँ मागेका थिए।
प्रहरीका अनुसार बालकको अपहरण भएको जानकारी परिवारले थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले अनुसन्धान गरेपछि बालकलाई सकुशल उद्धार गरिएको हो।
पक्राउ पर्नेमा बालकको नातामा मामा पर्ने लक्ष्मीनारायण दास रहेका छन्। साथै एकजना अर्का शंकास्पद व्यक्तिलाई समेत पक्राउ गरिएको छ।
उनका अनुसार एक(दुई जना अरू पनि शंकाको घेरामा रहेको र आमालाई पनि शंकाको घेरामा राखिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
