Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चार पूर्व प्रधानन्यायाधीशलाई अवहेलना मुद्दामा वारेस राख्न अनुमति


  • शुक्रबार, फाल्गुन ७ २०७७

  • चार पूर्व प्रधानन्यायाधीशलाई अवहेलना मुद्दामा वारेस राख्न अनुमति

    काठमाडौं– सर्वोच्च अदालतले चार पूर्व प्रधानन्यायाधीशलाई अवहेलनासम्बन्धी मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।
    पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध गत माघ १४ गते लोचन भट्टराई र धनजीत बस्नेतसमेतले अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।

    सोही मुद्दाका सन्दर्भमा चार पूर्वप्रधानन्यायाधीशले वारेस राख्न अनुमति पाउँ भनेर इजलाससमक्ष निवेदन दिएका थिए । बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उनीहरुको मागअनुसार वारेस राख्न अनुमति दिने आदेश जारी गरेको हो ।
    यसअघि उनीहरुले अदालतको आदेश अनुसार आफै उपस्थित भएर लिखित जवाफ पेस गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij