Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बैतडीकी भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गर्न कांग्रेसको माग


  • शुक्रबार, माघ ३० २०७७

  • बैतडीकी भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गर्न  कांग्रेसको माग

    काठमाडौं– बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ।
    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन माग गरेको छ।
    ‘बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको छ। अतः अनुसन्धान तीब्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ,’ शर्माले भनेका छन्।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij