Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको जु लगेर थुन्छु – गृहमन्त्री


  • शुक्रबार, माघ २३ २०७७

  • मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलको जु लगेर थुन्छु – गृहमन्त्री

    काठमाडौं नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन् ।
    शुक्रबार नारायणहिटी दरबारको प्रांगणमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’

    नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बोलेका मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै उनले भने, ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ ।’

    मांसाहारी आन्दोलन गर्नेहरूप्रति सचेत रहन समेत गृहमन्त्री रहेका नेता थापाले निर्देशन दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij