Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रतिनिधि सभा विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् –प्रधानमन्त्री


  • आइतबार, माघ ११ २०७७

  • प्रतिनिधि सभा विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् –प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी भएको बताएका छन्।
    काठमाडौंमा अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार  कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले भने केहि मानिसहरु ‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्। ती कराउने मान्छेहरू संविधान विरोधी, लोकतन्त्र, देश विरोधी हुन् ।’

    ‘स्थिरता हुन नदिने र बहुमतको सरकारको तोडेर जोडजामको सरकार बनाउन खोजियो,’ उनले भने। संसद जागिर खाने थलो नभएको ओलीको भनाइ छ।
    ‘संसदमा ५ वर्ष जागिर खान पाउनुपर्छ भन्ने ? सांसद भनेको जागिर हो ? पाँच वर्ष जागि खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ,’ उनले भने। उनले आगामी निर्वाचनबाट देशको अहितमा काम गर्नेहरुलाई गेठान लगाउन आग्रह गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij