Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खिया लागेको दुइटा नटबोल्ट फुक्लिनेसाथ पार्टी अगाडि बढ्यो – ओली


  • शनिबार, पुष १८ २०७७

  • खिया लागेको दुइटा नटबोल्ट फुक्लिनेसाथ पार्टी अगाडि बढ्यो  – ओली

    काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढेको बताएका छन्।
    आज आफु निकट समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको सभामा बोल्दै प्रधानमन्त्रीले असली नेकपा आफैं भएको पनि दाबी गर्।

    ‘हिजो निर्वाचन आयोगबाट प्राप्त गरेँ। उहाँहरूले निवेदन हाल्नुभएको रहेछ हामी सक्कली हो भनेर। बरमझियाको पेडा पसल हो र सक्कली र नक्कली भन्नलाई ?,’ ओलीले भने।

    ‘हिजो निर्वाचन आयोगले मलाई सोध्यो, जसको घर हो त्यो निवेदन हाल्न जान्छ, जसको जमिन हो मेरो जमिन हो भनिरहन्छ ? यो मेरो गाडी हो भनेर निवेदन हाल्न जानुपर्छ ?,’ उनले भने, ‘निवेदन हाल्न जानुपर्ने आवश्यकता छैन।’

    उनले देशको कानुन र नियमावली अनसार पार्टी चलाइरहेको बताए। ‘भेट्नो कुहिएर झरेका दुई वटा फलले रुखै मै हुँ भन्ने ?,’ उनले प्रश्न गरे।
    ओलीले प्रचण्ड-माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत उनले व्यंग्य गरेका छन् । अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उनले भने, ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।’
    साथै उनले माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताबाट आफूले नहटाएको पनि बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij