काठमाडौं– बागमती प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश सरकारले सिफारिस गरेको छ। माघ ७ गते बैठक आह्वान गर्न आज बसेको प्रदेश मन्त्रिपरिषदले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो।
मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा प्रदेश सभा बैठक राख्न सिफारिस भएको छ।
नेकपाभित्र केन्द्रमा देखिएको विवाद प्रदेशसम्म पुगेको छ।
मुख्यमन्त्री पौडेलले भने अविश्वास प्रस्ताव सामना गर्ने बताइरहेका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
