Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कलाकार रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा


  • शुक्रबार, मंसिर १९ २०७७

  • कलाकार रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा

    भारत– भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले बिहीबार नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्। उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने बताएका छन्। तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उनले पार्टी खोल्दै निर्वाचनमा जाने बताएका छन्।
    ‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ, उनले भने।
    सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले धेरैसँग परामर्श गरेर पार्टी खोल्ने निर्णयमा पुगेको बताए। तमिलनाडुमा सन् २०२१ को अप्रिल देखि मे सम्म विधान सभा निर्वाचन हुने तय भएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij