Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिभुवन विमानस्थलमा ३ सय ५० सुरक्षाकर्मी अट्ने स्थायी आवासगृह निर्माण


  • मंगलबार, मंसिर २ २०७७

  • त्रिभुवन विमानस्थलमा ३ सय ५० सुरक्षाकर्मी अट्ने स्थायी आवासगृह निर्माण

    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ५० जना सुरक्षाकर्मी अट्ने आवासगृह संचालनमा आएको छ । मंगलबार आवास गृहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेका छन् ।
    अब विमानस्थलको सुरक्षामा खटिने सुरक्षाकर्मीले विमानस्थलभित्रै स्तरीय आवास सुविधा पाउने भएका छन् । यसअघि विमानस्थलमा अस्थायी संरचना बनाएर सुरक्षाकर्मीलाई राखिएको थियो ।
    अहिले विमानस्थल परिसरभित्र कार्गो भवन नजिकै सुरक्षाकर्मी राख्ने गरी संरचना बनेको हो । त्रिभुवन विमानस्थलको बाहिरी सुरक्षा नेपाली सेनाले गरिरहेको छ । भित्री तहको सुरक्षामा नेपाल प्रहरी खटिने गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij