Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियन बोर्डर विध्यार्थी र पर्यटकका लागि खोलिने


  • शनिबार, कार्तिक २२ २०७७

  • अस्ट्रेलियन बोर्डर विध्यार्थी र पर्यटकका लागि खोलिने

    डार्बिन र एडिलेडमा यसै महिना , न्यु साउथवेल्समा भने दुइ महिनापछि

    मन बहादुर न्यौपाने
    अस्ट्रेलियाका कार्यवाहक अध्यागमन मन्त्री एलन टजले बिस्तारै र सुरक्षीत तबरले अस्ट्रेलिया प्रवेशको वाटो खोल्ने तयारी भैरहेको जानकारी दिएका छन । कोभिड १९का कारण पछिल्लो आठ महिनादेखि सर्वसाधरण र विध्यार्थीहरुका लागि बन्द अस्ट्रेलियाको बोर्डरलाई प्राथमिकताका सुचिमा राखेर सुरक्षीत वाताबरणमा खोल्ने गृहकार्य भैरहेको टजले शनिबार बताएका हुन । कोरोना भाइरसको सक्रंमण बढेपछि गत आठ महिनादेखि बिदेशी,पर्यटक तथा विध्यार्थीहरु अस्ट्रेलिया आउन पाएका छैनन । टजले शनिबार भनेका छन,पहिलो सुचिमा हामी भिषा लागेर बसेका अन्तराष्ट्रिय विध्यार्थीलाई सुरक्षीत रुपमा बिस्तारै अस्ट्रेलिया आगमनको वाटो खोल्ने छौ भने पर्यटक र सर्वसाधारणको हकमा कोभिडवाट सुरक्षीत राष्ट्रहरुको प्राथमिकता हरेर बिस्तारै आगमन खुल्ला गर्ने सोच बनाएका छौ ।
    यसअघि चाल्र्स डार्बिन बिश्व्वबिद्यालयले आफ्ना ७० जना बिध्यार्थीहरुलाई पहिलो चरणको कार्यक्रम अन्र्तगत डार्बिन ल्याउने भैसकेको छ । जुन अन्त्राष्ट्रिय विध्यार्थीहरुका लागि सुखद समाचार हो । कोभिडको महामारिका बिच अन्तराष्ट्र्रिय विध्यार्थी भित्राउने पहिलो राज्इ डार्बिन बन्ने भएको छ । यस्तै साउथ अस्ट्रेलियाले पनि आफ्ना तिन सय अन्तर्राष्ट्रिय विध्यार्थीहरुको फीर्तीको लागि पहल गरिसकेको छ भने राज्य सरकारको अन्तिम निर्णयको पर्खाइमा रहेको छ । न्यु साउथवेल्सको हकमा भने २०२१को प्रारम्भमा अन्तराष्ट्र्रिय विध्यार्थीहरुलाई सुरक्षीत तबरमा क्वारेन्टाइन सहित आगमन खुला गर्ने लक्ष्य रहेको कार्यक्रममा मन्त्रि तजले बताए । चाल्र्स डार्विन बिश्वबिद्यायलयका उपकुलपती एन्ड्रयु एभर्टले हरेक बर्ष नर्दन टेरोटेरी सरकारलाई अन्तर्राष्ट्रिय विध्यार्थी मार्फत ९९ मिलियन डलरको आम्दानी हुने र पाँंच सय उघोगमा रोजगारको सहयोग हुनेहुँंदा यो कदम उपलब्धीमुलक भएको बताएका छन ।

    करिब ६ लाख अन्तराष्ट्रिय विध्यार्थीहरु अध्यन गर्ने अस्ट्रेलियाले यस वापत बर्षेनी ३७.६ बिलियन डलर आम्दानी गर्ने गर्छ जुन मुलुकको अर्थतन्त्रको निकै ठुलो हीस्सा पनि हो । पछिल्लो आठ महिनामा मात्र कोरोनाका कारण अस्ट्रेलियाले बोर्डर बन्द गर्दा एक लाख बिस हजार अन्तराष्ट्रिय विध्यार्थीहरु अडकिन पुगेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij