काठमाडौँ – केन्द्रीय राजनीतिलाई नै तरंगित बनाएको कर्णाली को सत्ता राजनिति नयाँ मोडमा पुगेको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका दुई मन्त्री हटाएर रिक्त एक सहित तीन मन्त्री नियुक्त गर्ने तयारी थालेका छन । आज नियुक्त हुने तीनै जना मन्त्री वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हुन ।
ओली पक्षले मुख्यमन्त्री शाहीलाई हटाउन अविश्वास प्रस्ताव ल्याए पछि नेपाल पक्षले साच दिएर सरकार दल्नवाट बचाएको थियो । सामाजिक विकासमन्त्री दल रावल र पर्यटनमन्त्री नन्दसिंह बुढालाई हटाएर नयाँ मन्त्रीमा चन्द्रबहादुर शाही, करबीर शाही र अमरबहादुर थापालाई नियुक्त गर्ने तयारी छ । कर्णाली प्रदेशको सरकार पुर्नगठन पछि पार्टीको विवाद थप चर्किने सम्भावना छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
