काठमाडौं – सतारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद भित्रभित्रै चर्किदै गएको छ । लामो समय देखि विवादको भूमरीमा फस्दै आएको नेकपा भित्र पछिल्लो पटक कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले हटाउने प्रयास गरे पछि विवाद उत्कर्षमा पुगेको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एवं अध्यक्ष ओली पक्ष विच विवाद चर्किदै गए पछि स्थायी समिति बैठकले विवाद समाधान दिएको भनिए पनि लामो समय टिक्न सकेन । ओलीले मन्त्रीमण्डल पुर्नगठन, राजदुत सिफारिस र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री शाहीलाई हराउन संसदिय दलमा अविश्वास प्रस्ताव ल्याए पछि नेकपा भित्र भएको भनिएको एकता तासको घर जस्तै ढल्न पुग्यो ।
पार्टी भित्रको विवाद फेरि बल्झिन पुगे पछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल संग सहकार्यको हात अघि बढाए पनि सफल हुन सकेका छैनन । ओली र प्रचण्डविचको सम्वादहीनता अझै तोडिएको छैन । यो पटक प्रचण्ड ओलीसंग भित्रै देखि चिदिएका छन ।
प्रचण्ड र नेपाल पक्ष ओली विरुद्ध अविश्वास प्रस्ताव नै दर्ता गर्ने तहमा पुगेको आरोप ओली पक्षले लगाउन थालेको छ । अविश्वास प्रस्ताव आएमा कसरी सामना गर्ने भन्ने वारेमा ओली क्याम्पमा पनि वाक्लो छलफल हुन थालेका छन ।
नेकपा भित्र भुसको आगो जस्तै विवाद सल्किदै गएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
