काठमाडौं – सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालको तेस्रो तल्लाबाट हाम्फालेका रोशन खड्काको मृत्यु भएको छ । सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय खड्काको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
सोमबार बिहान पौने ९ बजे आमा औषधी किन्न गएका बेला रोशनले अस्पतालबाट हाम्फालेर आत्महत्या प्रयास गरेका थिए । केएमसी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । बानेश्वर बस्ने रोशनको मानसिक अवस्था ठिक नभएको अस्पताल स्रोतले जनाएको छ । आईतबार डेरामा आफैंलाई आगो लगाएपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
