वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्केका छन्। संक्रमित भएको एक साता भन्दा कम समयमै उनी ह्वाइट हाउसको काममा फर्केका हुन्। ओभल अफिस फर्केका ट्रम्पले कामको ब्रिफिङ लिएको समाचार बिबिसीले प्रकाशित गरेको छ।
गत शुक्रबार उनलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो। उपचारमा संलग्न चिकित्सकले २४ घण्टाको भन्दा बढीको अवधिमा ट्रम्पमा कोभिड-१९ को कुनै लक्षण नदेखिएको बताएका छन्। चिकित्सकका अनुसार चार दिनदेखि ट्रम्पलाई ज्वरो देखिएको छैन।
ह्वाइट हाउसका चिकित्सक डा. शिन केन्लीका अनुसार शुक्रबार उपचारका लागि सैनिक अस्पताल भर्ना भएयता ट्रम्पलाई अक्सिजनको सहायता आवश्यक्ता परेको छैन। त्यसअघि रगतमा अक्सिजनको मात्रा घटेकाले दुईपटक अक्सिजन दिनुपरेको समाचार सार्वजनिक भएको थियो।
ट्रम्प सोमबार सैनिक अस्पतालबाट ह्वाइटहाउस फर्किएका हुन्। बुधबार एक भिडिओ सन्देशमार्फत ट्रम्पले आफूले राम्रो महशुस गरिरहेको बताएका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
