Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दमकका मेयर रोमनाथ ओलीलाई कोरोना संक्रमण


  • मंगलबार, असोज २० २०७७

  • दमकका मेयर रोमनाथ ओलीलाई कोरोना संक्रमण

    झापा- झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । उनकी पत्नी र छोरालाई समेत कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

    ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई पनि संक्रमण पुष्टि भएपछि दमक नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij