Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चितवनमा गैंडा लखेट्न खोज्दा करेन्ट लागेर एकको मृत्यु


  • आइतबार, असोज १८ २०७७

  • चितवनमा गैंडा लखेट्न खोज्दा करेन्ट लागेर एकको मृत्यु

    काठमाडौं– चितवनको माडीमा गैंडा धपाउन खोज्दा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। माडी नगरपालिका–६ हरिनगरका ६० वर्षीय सुकदेव महतोको गैंडा धपाउन खोज्दा वन्यजन्तु धपाउनका लागि बिच्छाइएको तारको करेन्ट लागेर मृत्यु भएको छ।

    करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
    चितवन राष्ट्रिय निकुञ्ज आसपासको बस्तीहरुमा वन्यजन्तुबाट क्षति हुन नदिन सीमा क्षेत्रमा विद्युतीय तार प्रयोग गर्ने गरिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij