काठमाडौं -काठमाडौं उपत्यकामा मात्र ९०२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९७ जना, ललितपुरका ११२ र भक्तपुरका ९३ जना छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ९८ जना, रुपन्देहीका ७०, चितवनका ६२, नवलपुरका ४५, सुर्खेतका ४१, सुनसरी र मकवानपुरका ३८/३८ जना, बाँकेका २७, कैलालीका २३, झापाका १९, पर्साका १७, कास्कीका १६, गोरखाका १५, महोत्तरीका ११, बारा र बर्दियाका १०/१० जना र काभ्रेका ९ जनामा संक्रमण पुष्टि भएको छ ।
धादिङ र डोटीका ८/८ जना, सप्तरीका ७, सिन्धुपाल्चोक, पाल्पा र कञ्चनपुरका ६/६ जना, तनहुँ, दाङ र दैलेखका ५/५ जना, कालीकोटका ४ जना, दोलखा, नुवाकोट, सिन्धुली, स्याङ्जा र प्युठानका ३/३ जना, सर्लाही, सिराहा, रामेछाप, लमजुङ, बाग्लुङ, कपिलवस्तु, रोल्पा, जुम्ला, हुम्ला, अछाम र डडेलधुराका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, भोजपुर, संखुवासभा, धनुषा, पर्वत, म्याग्दी, गुल्मी, नवलपरासी, सल्यान र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
