Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा.नारायणप्रसाद पौडेल नियुक्त


  • बुधबार, असोज १४ २०७७

  • मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा डा.नारायणप्रसाद पौडेल नियुक्त

    सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा.नारायणप्रसाद पौडेल नियुक्त भएका छन् । उपकुुलपति प्रा.डा. नन्दबहादुर सिंहको सिफारिसमा प्रधानमन्त्री एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले पौडेललाई असोज १२ गते रजिष्ट्रारमा नियुक्त गरेको हो ।

    विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो । जसमा १९ जनाको आवेदन परेको थियो । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको नेतृत्वमा तीन सदस्यीय छनोट समितिले आवेदकहरुमध्येबाट डा. पौडेललाई छनोट भएका हुन ।
    नवनियुक्त रजिष्ट्रार डा. पौडेलको कार्यकाल चार वर्षे रहने छ । डा. पौडेलले काठमाडौं विश्वविद्यालयमा १० वर्ष र वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा ६ वर्ष प्राध्यापन गरेका छन् । पौडेल मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा व्यवस्थापन संकायको प्राध्यापकको रुपमा कार्यरतसमेत थिए ।
    विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको निर्देशकको रुपमा काम गरेका पौडेल व्यवस्थापन संकायको एमफिल र पीएचडी कार्यक्रमको निर्देशकको रुपमा पनि काम गरिसकेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij