Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अपहरण अभियोगमा डेबिड दुर्गाबहादुर श्रेष्ठ प्रक्राउ


  • बुधबार, असोज १४ २०७७

  • अपहरण अभियोगमा  डेबिड दुर्गाबहादुर श्रेष्ठ प्रक्राउ

    काठमाडौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

    ब्युरोका अनुसार मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै पीडित पक्षको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ब्युरोका डीआईजी सहकुल थापाका अनुसार डेबिडले १५ लाख रुपैयाँ फिरौती मागेको उजुरी छ ।

    श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । श्रेष्ठमाथि जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी सीआईबीको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij