काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि होम क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुसार आइतबारदेखि होम क्वारेन्टिनमा बस्नुभएको जानकारी दिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
