Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मकवानपुरमा खोलाले बगाउँदा एक दम्पत्तीको मृत्यु


  • आइतबार, असोज ११ २०७७

  • मकवानपुरमा खोलाले बगाउँदा एक दम्पत्तीको मृत्यु

    हेटौंडा – मकवानपुरमा सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका ६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
    मकवानपुरगढी गाउँपालिकाको झल्ला भन्ने ठाउँमा सामरी खोला तर्ने क्रममा आइतबार बिहान उनीहरुलाई खोलाले बगाएको थियो । प्रहरीका अनुसार मकवानपुरगढी गाउँपालिकाको वडानम्बर ३ नम्बरतर्फ उनीहरु हिँडेका थिए ।
    खोलाले बगाएका उनीहरुलाई करिब ६५ मिटर तल पुर्‍याएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घट्नास्थलतर्फ गइसकेको उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij