Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मकवानपुरमा बेलुकी ७ बजेसम्म पसल सञ्चालन गर्न दिइने


  • सोमबार, असोज ५ २०७७

  • मकवानपुरमा बेलुकी ७ बजेसम्म पसल सञ्चालन गर्न दिइने

    मकवानपुर – जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा खाद्यान्न, औषधि पसल, तरकारी फलफूल र इन्धनलगायत पसल बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

    बैठकले होटेल तथा रेस्टुराँभित्र खाना खाजा खान निषेध गरेको छ । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी जिल्लाभरि नै दलगत भेला, जुलुस, धर्ना तथा धार्मिक पर्व आयोजना गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता देवचन्द्र गडतौलाले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij