Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रातो मत्स्येन्द्रनाथ रथयात्राको साइत जुर्‍यो


  • सोमबार, भाद्र २२ २०७७

  • रातो मत्स्येन्द्रनाथ रथयात्राको साइत जुर्‍यो

    ललितपुर — रातो मत्स्येन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ । सोमबार पाटन मंगलबजार स्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबीच भएको छलफलपछि भदौ २९ गतेको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्‌मती लैजाने निर्णय भएको हो ।

    २९ गते बिहान १० बजेर ५ मिनेट देखि १० बजेर २० मिनेट भित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मुर्तिलाई अवतरण गराई बुङमति लैजाने निर्णय भएको छ। यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरी मुर्तिलाई बुङ्मती पुर्‍याएको चार दिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij