Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त


  • मंगलबार, भाद्र १६ २०७७

  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

    काठमाडौं -बागमती प्रदेश सरकारले भर्खरै स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त गरिएको छ ।
    प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीको सिफारिसमा सामाजिक विकासमन्त्री तथा सहकुलपति युवराज दुलालले प्रतिष्ठानका शिक्षाध्यक्षमा डा. सतीश देव, रजिष्ट्रारमा राजेश प्रसाईं, निर्देशकमा डा. हरिबहादुर खड्का र संयोजकमा चिरञ्जीवी चुँडाललाई नियुक्त गरेका हुन् ।
    नवनियुक्त पदाधिकारीलाई सोमबार नै पद तथा गोपनीयताको शपथ गराइएको थियो । प्रतिष्ठानका उपकुलपति प्रा. डा. विश्वराज जोशीले पनि सोमबार नै शपथ ग्रहण गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij