Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रत्येक प्रदेशलाई भेन्टिलेटर र आईसीयूका लागि २ करोड निकासा


  • बुधबार, भाद्र १० २०७७

  • प्रत्येक प्रदेशलाई  भेन्टिलेटर र आईसीयूका लागि २ करोड निकासा

    काठमाडौं – संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ । मंगलबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको जानकारी दिएका हुन् ।
    उनले कोरोना संक्रमणको बढि जोखिम भएका जिल्लाका लागि सरकारले एमडी र एमएस पास गरेका चिकित्सक खटाएको पनि जानकारी दिए । प्रदेश २ मा मात्रै २३ जना स्वास्थ्यकर्मी पठाएको प्रमुख विशेषज्ञ पोखरेलले बताए ।
    उनका अनुसार वीरगञजको नारायणी अस्पतालमा ११ जना गइसकेका छन् । गौर अस्पताल र जनकपुरमा जाँदैछन् ।

    पोखरेलले एक साताभित्रै काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङमार्फत् ४० देखि ५० हजार स्वाब परीक्षणको तयारी सरकारले गरिरहेको जानकारी दिए ।
    स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ पोखरेलले देशभर १ हजार ७५ टिम कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा खटिएको जानकारी दिए ।

    उनले घरमा छुट्टै बस्न सक्ने संक्रमितलाई स्थानीय तहको स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलनमा र घरमा बस्न नसक्नेलाई सरकारले आइसोलेसनमा राख्ने बताए ।
    लक्षण देखिएकालाई भने अस्पतालमा नै राख्ने प्रबन्ध मिलाएको प्रमुख विशेषज्ञ डा। पोखरेलले जानकारी दिए । कोरोना प्रभावित क्षेत्र वा जिल्लाहरुमा स्वास्थ्य सामाग्री पनि पठाइरहेको उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij