Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न गृहको निर्देशन


  • सोमबार, भाद्र ८ २०७७

  • स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न गृहको निर्देशन

    काठमाडौँ – गृह मन्त्रालयले कोरोना महामारी जोखिम नियन्त्रण, रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन दिएको छ ।

    कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सबैको सहयोग र सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउँदै मन्त्रालयले उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सङ्क्रमित कसैप्रति दुव्र्यवहार गरेमा कानुनी कारबाहीको चेतावनी दिएको हो ।

    त्यस्तै मन्त्रालयले कोरोना सङ्क्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारबाट भएका निर्णय तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न ७७ वटै जिल्लामा संयुक्त अनुगमन टोली परिचालनको व्यवस्था मिलाएको छ ।

    कोरोना सङ्क्रमणको जोखिम बढ्न नदिन काठमाडौँ उपत्यकाका तीनवटा जिल्लासहित ४८ जिल्लामा निषेधाज्ञा जारी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij