Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखामा १७ शैय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना


  • शनिबार, भाद्र ६ २०७७

  • टोखामा  १७ शैय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना

    काठमाडौं – टोखा नगरपालिकाले कोभिड–१९ बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर १७ शय्याको ‘आइसोलेसन सेन्टर’ निर्माण गरेको छ । कोरोना सङ्क्रमित विरामीको उपचारका लागि आज टोखा नगरपालिका–२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेशन सेन्टर स्थापना गरेको हो । उक्त सेन्टरको आज नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरे ।

    सो अवसरमा नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा दिनानुदिन कोभिड–१९ का विरामी बढ्दै गएकाले आइसोलेसन सेन्टर स्थापना गरिएको जानकारी दिए ।

    नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन सेन्टर स्थापना गर्ने भएपछि शुक्रबार एक सूचना जारी गरी अहिलेसम्म प्रदान गर्दै आएको सेवा भदौ ८ गतेदेखि वडा नं २ को परिसरमा रहेको आकस्मिक (इमर्जेन्सी) भवनबाट सञ्चालन गर्ने जानकारी गराएको थियो । यसअघि सो केन्द्रबाट विरामी जाँच, परिवार नियोजन, गर्भवती जाँच, क्षयरोग उपचार सेवा प्रदान गर्दै आएको थियो ।

    केहीदिन अघि उपत्यकाका नगरपालिका प्रमुखको बैठकले उपत्यकामा पाँच हजार शय्या क्षमताको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय अनुसार टोखा नगरपालिकाले पनि आइसोलेसन सेन्टर विस्तार गरेको हो । नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले अहिले १७ शय्या क्षमताको आइसोलेसन सेन्टर स्थापना गरिएपनि आगामी दिनमा बिरामीको चापलाई हेरेर १०० शय्यासम्म पु¥याउने जानकारी दिए।

    यो नगरपालिकामा हालसम्म ९२ जना कोरोना सङ्क्रमित छन् । तीमध्ये २९ जना निको भएर घर फर्केका र ६३ जनाको उपचार भइरहेको नगरप्रमुख अधिकारीले जानकारी दिए। यस्तै नगरपालिकाले चाँडै नै अन्य वडामा समेत आइसोलेसन सेन्टर विस्तार गर्दै जाने बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij