काठमाडौं – पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
काठमाडौं उपत्यकामा १८२ जनामा संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
