काठमाडौं – भक्तपुरको चाँगुनारायणमा एक महिला मृतावस्थामा फेला परेकी छिन् । चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर ७ र ८ को सिमाना पर्ने मुलसाँघु खोलाको किनारमा अन्दाजी ३० वर्षकी एक महिलाको शव भेटिएको हो ।
सोमबार बिहान करिब पानै ११ बजेतिर महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शवको पहिचान भइसकेको छैन ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
