Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष पक्राउ


  • शुक्रबार, साउन ३० २०७७

  • लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष  पक्राउ

    रामेछाप – रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन्। शुक्रबार जिल्ला प्रहरी कार्यालयले उनलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ गरेको प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।

    दर्पण घिसिङ भन्ने व्यक्तिलाई बन्धक बनाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई रामेछापको सदरमुकाम मन्थलीबाट पक्राउ गरेको हो।
    खड्का तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij