Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वभर दुई करोड नाघे कोरोना संक्रमित


  • मंगलबार, साउन २७ २०७७

  • विश्वभर दुई करोड नाघे कोरोना संक्रमित

    काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या दुई करोड नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या दुई करोड ८९ हजार ६२४ पुगेको छ ।
    कोरोना भाइरसका सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा फेला परेका छन् । अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या ५० लाख नाघेका छन् ।
    त्यस्तै ब्राजिलमा पनि कोरोना भाइरसका संक्रमितको संख्या ३० लाख नाघेको छ । भारतमा पनि कोरोना भाइरसका २२ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

    विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि सात लाख ३६ हजार १९१ पुगेको छ ।

    अमेरिकामा सबैभन्दा बढी एक लाख ६३ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि एक लाख एक हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।
    मेक्सिकोमा ५३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । बेलायतमा ४६ हजारभन्दा बढी र भारतमा४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
    अहिलेसम्म विश्वभर एक करोड २२ लाख कोरोना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij