डोटी – डोटीमा घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको छ। गएराति आर्दश गाउँपालिका वडा नम्वर १ बाजककनी वस्तीका ४० वर्षीय लोवे लुहारको माटो र ढुँगाले बनेको तीन तले कच्ची घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा ३५ वर्षीया श्रीमती बिष्ना लुहार, ११ वर्षीय छोरा पारस लुहार, ५ वर्षीय छोरी सिरु लुहार, ७ वर्षीय छोरी जेनीस लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा लोवे घरमुली लोवे लुहार सहित ५२ वर्षीय आमा पाना लुहार ५५ वर्षीया सासुआमा झिगंरी विक, सा १३ वर्षीय साला इन्द्र विक र २ वर्षीया छोरी अस्मिता लुहार रहेका छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
