Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ


  • शुक्रबार, साउन २३ २०७७

  • प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । आज बिहान परीक्षणका लागि स्वाब लिइएको थियो । परीक्षणपछि प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको छ ।

    बालुवाटारबाट बिहान प्रधानमन्त्री, संसदीय दलका उपनेता, कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार सूर्य थापा, प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइउको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको थापाले जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij