काठमाडौं- बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ को आयोजना र च्यासुण्डोल युवा क्लवको संयोजनमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा ६ को जेष्ठ नागरिकलाई सम्मान गर्ने योजना अनुसार नै उक्त सम्मान गरिएको वडा अध्यक्ष नविन केसीले जानकारी दिए ।
वडा अन्र्तगत आज च्यासुण्डोलका जेष्ठ नागरिकलाई सम्मान गरिएका हो । वडा अध्यक्ष नविन केसीले जेष्ठ नागरिकलाई थर्मस, माक्स, हर्लिस र झोला वितरण गरिएको थियो । उक्त कार्यक्रममा क्लवका अध्यक्ष विकास खत्री, स्थानिय समाजसेवी तथा क्लवका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
