Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गुणस्तरिय र उपयोगी शिक्षा आजको आवश्यकता  


  • आइतबार, साउन ४ २०७७

  • गुणस्तरिय र उपयोगी शिक्षा आजको आवश्यकता  
    साउदर्न एकेडेमीको शैक्षिक योजना
    बैदेशिक शिक्षाको लोकप्रीय केन्द्रबिन्दु बनेको अस्ट्रेलियामा यतिखेर हजारौ नेपाली विध्यार्थीहरु उच्च अध्यनमा रहेका छन । उपयोगी शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ अस्ट्रेलियामा पनि यतिखेर प्राविधिक शिक्षालयहरुको महत्व दिनानुदिन बढिरहेको छ । यसै सन्दर्भमा पनि करिब ६५ हजार नेपाली विध्यार्थीहरु अस्ट्रेलियामा उच्च अध्यनमा आइरहँंदा यसको आधा संख्या भेट कोर्स अर्थात प्राविधक शिक्षामा रहेको देखिन्छ ।
    अस्ट्रेलियामा शिक्षाको वर्गिकरण पनि फरक र अलग किसीममा गरिएको देखिन्छ । एकातिर मंहगा बिश्वबिद्यालय र उच्च शिक्षा रहेको छ भने त्यससँंगसँंगै उपयोगी र आर्थिक बोझ कम पर्ने प्राविधिक शिक्षा ।
    अस्ट्रेलियामा पनि नेपाली समाज बाक्लो र बलियो बन्दैगर्दा नेपालीहरुले पनि शैक्षिक उद्योगमा बिस्तारै आफ्नो सहभागिता बढाएका छन । यसै सन्दर्भमा उच्च शिक्षामा लगानी गरेका शेष घले अस्ट्रेलियाकै धनि ब्यापारीमा गनिइसकेका छन । यसै क्रममा अस्ट्रेलियाको नेपाली समाजका चिनिएका पुराना ब्यक्तीत्व र एनआरएन अस्ट्रेलियाका पहिलो अध्यक्ष मन केसी पछिल्ला दिनमा अस्ट्रेलियाको शैक्षिक उद्योगमा पाइला अगाढि बढाएका छन ।
    शैक्षिक परामर्शको एक दशकको अनुभवलाई साटेर मन केसीले सीड्नी र एडिलेडमा साउदर्न एकेडेमी अफ बिजनेश टेक्नोलोजी नामको कलेज सन्चालनमा ल्याएका छन ।
    एनआरएन आइसीसीका उपाध्यक्ष समेत रहेका मन खत्री अस्ट्रेलियाको समुदायमा चिरपरिचित ब्यक्तीत्व मात्रै होइनन, नेपाली समाजका असल अनि कुशल सामाजिक अभियन्ता पनि हुन । मृदुभाषी अनि सहृदयी मन केसीलाई अस्ट्रेलियामा नेपालीमन जोड्ने अनि स्वदेशीपनको रक्षार्थ लागिपर्ने नेपालीका रुपमा पनि चित्रण गरिन्छ ।
    बिदेशमा सधै लाुहरे संस्कृती र बहादुरीको कथावाट चिनिएका हामी नेपाली अबका दिनमा फरक र अलगधारवाट पनि चिनिन थालीका छौ,यही हाम्रो लागि फरक पहिचानको बिषय पनि हो, एनआरएन केन्द्रका उपाध्यक्ष मन केसी बताउछन । अस्ट्रेलियाको शैक्षिक उद्योग निकै प्रतिस्पर्धात्मक र सरकारी निकायको अनगमनकारी भुमिकाको केन्द्रमा रहेको बिजनेश हो शैक्षिक प्रतिष्ठान ।
    बिध्यार्थीहरुलाई गुणस्तरिय र उपयोगी शिक्षानै अहिलेको आवश्यकता हो भन्ने ठम्माइका साथ हामी यस उद्योगमा आएका छौ र एक बर्षमै सादर्न एकेडेमीले त्यसको परिणाम पनि दिएको छ, मन केसीले बताए । अहिले साउदर्न एकेडेमीमा बिजनेश, आइटी, बुक किपीङ,एकाउन्टिङ, नेटवर्क सैक्युरीटी, फाइनान्स एन्ड मोटर््गेज ब्रोकिङ, बैकिङ सर्भिस मेनेजमेन्ट लगायतका बिषयमा डिप्लोमा तथा एडभान्स डिप्लोमाका पढाइहरु हुने गर्छन । अग्रेजी भाषा कक्षादेखि विविध बिषयका पाठ्यक्रम समावेश गरिएको उनको कलेजमा सबैखाले सुविधाहरु उपलब्ध छन ।
    यसै सन्दर्भमा प्राविधिक तथा उपयोगी बिषयको महत्वलाई मध्यनगर गरेर साउदर्न एकेडेमीले हेल्थ साइन्सको छुट्टै कलेज पनि सीड्नी सेन्ट्रलमा प्रारम्भ गरेको छ । यतिखेर अस्ट्रेलियाको स्वास्थ क्षेत्रमा प्राविविधक कामदारहरुको बढ्दो मागलाई ध्यानमा राखेर बिश्वसनिय गुणस्तर शिक्षा प्रदान गर्न हेल्थ साइन्स बिभागको सुरुवात गरिएको कलेजका प्रमुख मन केसी बताउछन । स्वास्थ शिक्षा निकायतर्फ चाइल्ड केयरमा सर्टिफीकेट थ्री र डिप्लोमा, एज केयर सर्टिफीकेट फोर र कम्युनिटी सर्भिसमा डिप्लोमा, डिसेबीलीटी सर्भिसमा सर्टिफीकेट फोर र डिप्लोमा, एज केयरमा सर्टिफीकेट थ्री, फोर र डिप्लोमा अफ कम्युनिटी सर्भिसेज लगायतका शैक्षिक प्याकेज रहेका छन ।
    आजका दिनमा सहज र सुलभ शिक्षा मार्फत महत्वपुर्ण रोजगारीको अवसर प्राप्त हुने भएकाले शेल्थ साइन्सका बिविधि प्याकेजहरुसहित साउदर्नको हेल्थ साइन्स बिभाग सुरु गरिएको मन केसीले बताए ।
    मिठो बचन अनि हसीलो मुहारका धनि एनआरएन अभियन्ता केसीको शैक्षिक उद्योगमा उत्रनुसँंगै नया परिचय पनि बनेको छ । शिक्षाको उज्यालो आफैमा सेवाभाव पनि हो र यसमा लागानी गरिसकेपछि अली अली सेवासँंगै कमिने मेवाले ब्यवशायीक पनि बनाउछ भन्ने मुख्य ध्येय पनि हो, यस क्षेत्रमा लगानि गर्नुको उदेस्य बारे स्पष्ट पार्दै केसीले भने । सेवा र मेवा बिच पनि विध्यार्थीका लागि गुणस्तरीय र उपयोगी शिक्षा आजको आवश्यकता भन्ने मुख्य ध्येयमा भने आफु बिचलित नहुने उनको तर्क थियो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij