Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओलीको अयोध्या अभिव्यक्ति : नेता देखि साधुशन्त सम्मको विरोध


  • मंगलबार, असार ३० २०७७

  • ओलीको अयोध्या अभिव्यक्ति : नेता देखि साधुशन्त सम्मको विरोध

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालको ठोरीमा पर्छ भनेर दिएको अभिव्यक्तिले नेपाल र भारतमा समेत तरंग उत्पन्न गराएको छ । भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा ओलीले भारतले नक्कली अयोध्या खडा गरेको र नेपालमाथी सांस्कृतिक अतिक्रमण गरेको बताए पछि त्यसको प्रतिक्रिया भारतीय र नेपाली मिडियाका साथै सामाजिक सञ्जालमा समेत व्यक्त भइरहेको छ ।

    हचुवाको भरमा वोलेको भन्दै सामान्य नागरिक सम्मले आलोचना गरिरहेका छन । यो विवाद पार्टी भित्र समेत पुग्ने देखिएको छ । पार्टी उपाध्यक्ष वामदेव गौतमले भनाई फिर्ता लिएर आत्मआलोचना गर्न माग गरेका छन । राप्रपा अध्यक्ष कमल थापाले उटपट्‌याङ, अपुष्ट र अप्रमाणित अभिव्यक्ति भनि आलोचना गरेका छन ।

    कांग्रेस नेता शेख र कोइरालाले गैरजिम्मेवार अभिव्यक्ति भनेका छन । पूर्वप्रधानमन्त्री डा वावुराम भट्टराइले ‘अति गरे खति हुन्छ भन्छन्। प्रधानमन्त्रीका बचन/कर्मले सीमा नाघ्दैछन्। संसदमा सिंहमेव जयते र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा उहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न। संसद स्थगन गरेर अध्यादेश/संकटकालको खड्गसमेत उहाँको हातमा छ। उहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं । ‘ भनि प्रतिक्रिया दिएका छन ।

    नेकाका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको भनाइवारे यस्तो प्रतिक्रिया दिएका छन – ‘हाम्रो भुराजनीतिक संवेदनशीलताप्रति हामी सचेत हुनै पर्छ। स्वतन्त्र परराष्ट्र नीतिमा आधारित कुटनीतिक श्रेष्ठताले मात्र हामीले हाम्रो भुराजनीतिक अवस्थितिको लाभ लिन सक्छौं, अन्यथा देश बाह्य शक्तिहरुको कृडास्थल बन्ने र राष्ट्रिय सार्वभौमिकता नै खतरामा पर्न सक्ने ठूलो जोखिमको चुनौती छ ।’

    नेकपा केन्द्रीय सदस्य एवं विदेश विभागका उप प्रमुख विष्णु रिजालले ओलीको भनाइको आलोचना गर्दै भनेका छन -‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ। अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो। फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ ।’

    प्रधानमन्त्रीको भनाइको लेखक पत्रकार र बुद्धिजीवीले समेत आलोचना गरेका छन । उता भारतमा संचार माध्यम, धार्मिक गुरु र राजनितिक क्षेत्रबाट समेत चर्को आलोचना भइरहेको छ । भारतिय संचारमाध्यमहरुले यहि विषयमा वहस चलाएका छन । भारतका शन्त साधुले ओलीको भनाइको विरोध गर्दै चेलाहरूलाई विरोध गर्न निर्देशन दिएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij