हेटौंडा – वाग्मती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारकोतर्फबाट आज दुई वटा विधेयक दर्ता गरिएको छ । दर्ता गरिएका विधेयकमध्ये वातावरण संरक्षणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को प्रथम संशोधन र प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ को अध्यादेशलाई संशोधन गर्न बनेको विधेयक २०७७ रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए ।
आगामी साउन २ गते बस्ने प्रदेशसभाको बैठकमा विधेयकलाई पूर्ण छलफलका लागि प्रस्ताव प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
