Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालमा थप २५५ जना कोरोना संक्रमण


  • बुधबार, असार २४ २०७७

  • नेपालमा थप २५५ जना कोरोना संक्रमण

    काठमाडौं – बुधबार नेपालमा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
    बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
    त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।
    नेपालमा हाल ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा छन् ।

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij