Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालमा पैसा पठाउने भरपर्दो माध्यम “एक्सप्रेश सेवा”


  • मंगलबार, असार २३ २०७७

  • नेपालमा पैसा पठाउने भरपर्दो माध्यम “एक्सप्रेश सेवा”

    बिदेशवाट नेपाल पठाउन पैसामा समस्या देखिरहेको बेला अस्ट्रेलियावाट एक्सप्रेश सेवा नामक रेमिट्यान्स कम्पनीले सुलभ र सहज रुपमा पैसा नेपाल पठाउने काम सुरु गरेको छ । अस्ट्रेलियाको सबै सहरहरुवाट नेपालका चालिसवटा बैंकहरुमा केहि मिनेटमै रकम पुग्ने एक्सप्रेश सेवाले जनाएको छ भने अन्य तिस वटा बैंकमा चाही एक दिन लाग्ने छ । क बर्गका बैंकहरुमा केहि बैंक छाडेर सबैमा तुरुन्तै पुग्ने र अन्य बैंकहरुमा भने एक दिनसम्म लाग्न सक्ने एक्सप्रेश सेवाले जनाएको छ । नबिल बैंकसँंग सहकार्यमा रहेको यस एक्स्प्रेश सेवाले आफ्नो स्लोगननै एक मिनेटको भाकामा पैसा नेपालको खाता भन्ने स्लोगन राखेको छ ।
    नेपालमा पैसा खातामा भन्ने स्लोगनका साथ अस्ट्रेलियावाट सुरु गरेको यस मनि ट्रान्सफर कम्पनीले पैसा पठाएको केहि मिनेटभित्रै नेपालको खातामा पुगीसक्ने यसका निर्देशक प्रबिण शर्माले बताएका छन । अस्ट्रेलियामा बिभिन्न हुन्डी कम्पनीहरुले पैसा उठाएर भागेको र ठगिएका घटनाहरु घट्दैगर्दा एक्सप्रेश सेवाले भने आफ्नो सेवालाई बिश्वसनियता भित्र राखेको जनाएको छ । से नो हुन्डी भन्ने नारा र सर्भिस चार्ज नलिने भन्दै एक्सप्रेश सेवाले निर्धक्क भएर पैसा पठाउन आग्रह गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij