Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

थप ४६३ जनामा कोरोना संक्रमण


  • आइतबार, असार १४ २०७७

  • थप ४६३ जनामा कोरोना संक्रमण

    काठमाडौँ – आइतबार एकैदिन ४६३ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार थप ४६३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १७९ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। योसँगै कोरोनामुक्त भएर घर फर्किनेको संख्या ३ हजार १३ जना पुगेका छन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८जना पुगेको छ ।

    प्रवक्ता डा जागेश्वर गौतमले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा गरी थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij