सप्तरी – सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत खड्ग नगरपालिका ७ स्थित कल्याणपुर बजारमा स १ झ ७८७ नम्बरको जिपले आमा छोरा सवार स १० प ९०५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा खड्ग नगरपालिका( ५ निवासी ६५ बर्षीया सुधनीदेवी देवी दास र ३७ बर्षीय वीरेन्द्र दास छन् । ठक्कर दिने गाडी कञ्चनरुप नगरपालिकाको हो । लहानबाट कञ्चनरुपतर्फ आउने क्रममा जिपले ठक्कर दिएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
