Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

झापाली समाज कोरोना परिक्षण ल्याबको निमार्णमा जुट्यो


  • सोमबार, जेष्ठ २६ २०७७

  • झापाली समाज कोरोना परिक्षण ल्याबको निमार्णमा जुट्यो

    अन्तर्राष्ट्रीय झापाली समाजको हालै सम्पन्न बैठकले कोरोनाको प्रभावका कारण नेपालको पुर्वी नाकामा देखिएको भिडभाड र यसको परिक्षणमा समस्या देखिएको भन्दै बिर्तामोडामा कोरोना परिक्षण केन्द्रका लागि अत्यावश्यक सहयोगमा जुट्ने निर्णय
    गरेको छ ।
    यति मात्र नभइ अन्तर्राष्ट्रय झपाली समाजले झापा जिल्लामा कोरोना परिक्षणका लागि किट अभाव हुन थालेपछि जिल्लाका १५ वटै स्थानिय तहलाई किट समेत उपलब्ध गराएको छ । समाजले थ्रोट स्वाब संकलनका लागि आवश्यक भाइरल ट्रान्सपोर्ट मिडियम भिटीएम किट उपलब्ध गराएको समाजका वरिष्ठ उपाध्यक्ष दिपक खनालले बताए । स्थानिय निकायलाई एक एक सय थान किट उपलब्ध गराएको खानालले बताए ।
    समाजले पुर्वोतर सिमानाको मुख्य केन्द्रका रुपमा रहेको झापा र यसको प्रभावलाई मध्यनजर गर्दै झापामा सबैका लागि कोरोना परिक्षण ल्याब निमार्णका लागि स्थानिय निकयासँंग मिलेर काम अगाडि बढाउने समेत निर्णय गरिएको वरिष्ठ उपाध्यक्ष खनालले बताए । जसका लागि अन्तराष्ट्रिय झापाली समाजकोतर्फवाट अनुमानित तिस लाख रुपैयाको अनुमानित सहयोगको प्रतिवद्धता जनाएको छ ।
    अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा बसेको बैठकले बिभिन्न देशमा रहेका शाखा संघहरुको सहयोगमा यो अभियान थालनी गरीएको जनाएको हो ।
    कोरोना परिक्षण किट झापालाई र कोरोना ल्याब भने सबै देश बासीको लागि बनाइन लागीएको समाजका निवर्तमान अध्यक्ष दिनेश पोखरेलले बताए । झापा जिल्लाको नाका भएर दिनहुँं हजारौ नेपालीहरु स्वदेश भित्रिरहेको परिप्रेक्षमा झापा जिल्लामा यसको परिक्षण ल्याब आवश्यक रहेका कारण समाजले स्थानिय तहसँंग सहकार्यमा एक महिना भित्र ल्याब स्थापनाको अभियान थालनी गरिएको पोखरेलले सुनाए ।
    झापाली समाज अस्ट्रेलियाका अध्यक्ष उमेश पोखरेलले जिल्लाका अभाव देखिएको परिक्षण किटका लागि सहयोग गरिएको र अब ल्याबनै अति आवश्यक देखिएको हुँंदा सबै मिलेर यो साझा अभियानमा अगाडी बढेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij