काठमाडौं । काठमाडौंमा भूकम्पको महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको महसुस गरिएको हो । कुन ठाउँलाई केन्द्र बनाएर कति रेक्टरस्केलको भूकम्प गएको हो जानकारी आउन बाँकी छ । यसैगरी दार्चुला केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ ।
बिहीबार बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
