Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले जारी गरेको नक्सा भारतद्वारा अस्वीकार


  • बुधबार, जेष्ठ ७ २०७७

  • नेपालले जारी गरेको नक्सा भारतद्वारा अस्वीकार

    काठमाडौ – नेपालले जारी गरेको नयाँ नक्सा प्रति भारतले असहमति जनाएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै नक्सा प्रति असहमति जनाएको हो । सरकारले आज नयाँ नक्सा जारी गरेको थियो । भारतले एकपक्षिय रुपमा नक्सा जारी गरेको प्रति कुटनितिक रूपमा समाधान खोज्ने समझदारी विपरित भनि टिप्पणी गरेको छ । उसले नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाण विना जारी गरेको दावी गरेको छ । नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरे पछि भारतले औपचारिक रुपमा मुख खोलेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij